एजेन्सी ।। भारतमा पछिल्लो २४ घण्टामा थप ९७ हजार ८ सय ९४ जनामा कोरोना भाइरसको संकमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यसका साथै देशभर कोरोना संक्रमितको जम्मा संख्या ५१ लाख १८ हजार २ सय ५४ पुगेको छ ।
त्यसतै पछिल्ले २४ घण्टामा भारतमा कोेरोना संक्रमणका कारण ११ सय ३२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ८३ हजार १ सय ९८ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ४० लाख २५ हजार ८० जना उपचार पछि निको भएर घर फर्किएका छन् भने १० लाख ९ हजार ९ सय ७६ जनाको उपचार भइरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।