काठमाडाैं ।। कोभिड-१९ का कारण ६ महिनादेखि बन्द रहेकाे लामो दुरीका सवारी साधन आजबाट सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर ट्रेड युनियनले संयुक्त रुपमाहिजो विज्ञप्ति जारी गर्दै लामो, छोटो दुरीका सबै गाडी सञ्चालनमा आउने जनाएका हुन् । आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै सवारी सञ्चालनगरिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिनुभयो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यातायात सञ्चालनकालागि अनुमतिदिने निर्णय गरेको थियो । सरकारले कोभिड महामारीका बेला सार्वजनिक यातायातमा थप ५० प्रतिशत भाडा समेत बढाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।