काठमाडौं ।। लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन वयवसायीहरुले सैलुन खोल्न पाउनुपर्ने माग गर्दै नाई व्यवसायी सडकमा उत्रिएका छन् ।
उनीहरुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन्। संयुक्त नाई संघर्ष समितिको अगुवाइमा उनीहरुले ललितपुरको जावलाखेलदेखि काठमाडौंको माइतीघर मण्डलसम्म प्रदर्शन गरेका छन्। उनीहरुले तत्काल देशैभर सैलुन र ब्युटी पार्लर खोल्न पाउनुपर्ने माग गरेका हुन्।
लामो लकडाउन र निषेधाज्ञाले गर्दा गुजारा चलाउने कठिनाइ भएको जनाउँदै तत्काल व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here