काठमाडौं ।। छिमेकी मुलुक भारतले प्याज निर्यातमा रोक लगाएको छ । । भारतको केन्द्रीय सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ। अस्वभाविक मूल्य बृद्धि भएपछि प्याज निर्यातमा भारतीय सरकारले रोक लगाएको बताइएको छ।
कटिङ्ग गरिएका र पाउडर फार्मबाहेकका सबै खाले प्याज निर्यातमा प्रतिबन्ध हो । आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ।
भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य बढेको छ । कालिमाटी थोक बजारमा प्याजको मूल्य एकैदिनमा प्रतिकेजी २५५ बढेको छ । सोमबार थोक बजारमा प्रतिकेजी औसतमा ६० रुपैयाँमा कारोबार भएको प्याजको मूल्य मंगलबार प्रतिकेजी १५ रुपैयाँ बढेको हो । मंगलबार थोक बजारमा प्याजको मूल्य प्रतिकेजी औसतमा ७५ रुपैयाँ पुगेको छ ।

सोमबार मात्रै भारतले प्याज निर्यातसम्बन्धी नीतिमा परिवर्तन गर्दै प्रतिबन्ध लगाएको हो । भारतबाट केही दिनदेखि प्याज आयात कम हुन थालेपछि मूल्य बढिरहेको थियो । गत वर्ष पनि भारतले कात्तिकमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको मूल्य बढेर प्रतिकेजी २ सय ५० रुपैयाँसम्म पुगेको थियो । यसैगरी, नेपाली बजारमा अन्य हरिया तरकारीको मूल्य पनि बढिरहेको छ । चाडपर्वमा मूल्य अझै बढ्ने व्यापारीहरु बताउँछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here