काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा १,४५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज एकै दिन हालसम्मकै धैरै १,४५४ जनामा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । यसका साथै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ९ सय ७२ रहेको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ।
१७० आइसियुमा र भेन्टिलेटरमा २५ जना संक्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ।
यस्तै कोरोना संक्रमित भई होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ६ सय ३४ रहेको छ भने क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ६ सय ७८ रहेको डा। गौतमले बताएका छन्।
काठमाडौं उपत्यकामा ६९६ कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ९६ जनामा कोरोना भाइरकसो संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ।
उपत्यकामा कोराना संक्रमितको संख्या १० हजार ७ सय ८ पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here