काठमाडौं ।। अब काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने भएको छ । यो नियम काठमाडौं प्रवेश गर्ने र यहाँबाट बाहिरी जिल्ला जानेहरूको हकमा पनि लागू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै विदेशबाट आउनेहरूले समेत अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने मन्त्रालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयकाठमाडौंले उपत्यका आवतजावतको प्रावधानमा भने थप कडाई गरेको छ ।काठमाडौंबाट बाहिर जान सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस पत्र, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, अत्यावश्यक काम खुल्ने कागजात, तोकिएको निवेदन आवश्यक पर्ने काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो ।
Home प्रदेश समाचार बागमती प्रदेश काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने





