एजेन्सी ।। बलिउड अभिनेत्री कंगना रनौत मुम्बई आउँदा विमानस्थलमा हंगामा भएको छ। शिवसेना र करणी सेनाका कार्यकर्ताले प्लेकार्डसहित नाराबाजी गरेका छन्। प्रहरीले भीड तितरवितर पारेको छ।

कंगना हिमाञ्चलबाट चण्डीगढ हुँदै बुधवार दिउँसो मुम्बई विमानस्थलमा ओर्लिएकी हुन्। उनी आउने भएपछि शिवसेनाका कार्यकर्ता विरोध प्रदर्शन गर्न विमानस्थल पुगे भने करणी सेना उनको समर्थन तथा सुरक्षामा। दुबै संगठनका कार्यकर्ता मास्क विना कोभिड प्रोटोकल तोड्दै विमानस्थल पुगेका थिए। उनीहरुले आमने सामने भएर नाराबाजी गरेका थिए।

त्यसो त कंगनालाई शिवसेनाका नेता कार्यकर्ताले आरोपप्रत्यारोपका क्रममा मुम्बई नआउन धम्की दिएपछि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले कमाण्डोसहित ११ जना जवान रहनेगरी वाई श्रेणीको सुरक्षा दिएको छ।

https://www.youtube.com/watch?v=Jvh67yBLPGU

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here