काठमाडौं ।। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८९ सहित देशभरि ७२५ पुरुष र ३४४ महिला सहित गरि थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसका साथै दशभिर कोरोना संक्रमितको कुल संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
स्वास्थय तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुासर देशभरि पछिल्लो २४ घण्टामा ७ सय ६७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। यसका साथै कारोना संक्रमणमुक्ते हुनेहरुको कुल संख्या २२ हजार १ सय ७८ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ। मंगलबार मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिए। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणबाट महोत्तरीका चार वर्षीया बालिका र ३७ वर्षीय पुरुष, सिरहाका ६५, पर्साका ५३, ६० र ८० वर्षका पुरुष, बाराका ६०, चितवनका ५२, काठमाडौंका ३५ र ७० तथा मकवानपुरका ५८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ।
देशभर ७२८० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।





