काठमाडौं ।। राष्ट्रिय मानव अधिकार आयोगले जातीय छुवाछुत जस्ता अमानवीय र आपराधिक घटनाको सूक्ष्म र निष्पक्ष छानविन गरी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ । रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्युको घटनाबारे ध्यानाकर्षण भएको जनाउँदै आयोगले यस सँगै अन्य जातीय छुवाछुतका घटना नेपालको संविधान, ऐन कानुन र नेपालले अनुमोदन गरेका संयुक्त राष्ट्रसंघीय महासन्धिविरुद्ध रहेको जनाएको छ । आयोगले पीडित परिवारलाई तत्कालै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र यस्ता घटना पुनरावृत्ति हुन नदिन सरकारको ध्यानाकर्षण गराएको आयोगका प्रवक्ता वेद भट्टराइले सीआइएनसँग बताउनुभयो । आयोगले रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्युको घटनाको अनुसन्धान पनि सुरु गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।