ि लुम्बिनी ।। लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको गयराति मृत्यु भएको हो । प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका १ का ५० वर्षका पुरुषको उपचारका क्रममा राति मृत्यु भएको हो । साँझ ७ बजे उनको स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएको र राती १० बजेर ५५ मिनेटमा मृत्यु भएको डा गौतमले बताउनुभयो । भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या पनि थियो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।