काठमाडौँ ।। नेपालमा पिछल्लाे २४ घण्टामा ४ सय ९७ पुरुष र २ सय ४६ जना महिला गरी थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।  यस्तै सोमबार कोरोना भाइरस संक्रमण निको भएर थप १ सय ७५ जना डिस्चार्ज भएका छन्।याे सँगै डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ८०० पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङ ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौँकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३, ५४ वर्षका पुरुष रहेका छन्। योसँगै कोभिड १९ बाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। सोमबार १० हजार २ सय ३४ जनाको पीसीआर परिक्षण गरिएको छ। ११ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here