रौतहट ।। रौतहट जिल्लाको विपद् व्यवस्थापन समितिको कोषामा जम्मा रहेको १७ करोड रुपैया कारोना नियन्त्रणमा खर्च गर्न सम्बन्धी निकाया संग मागँ गर्ने भएको छ ।
कोरोना भाईसर नियन्त्रण गर्न गरिने प्रयासको विषयमा आज शुक्रवार सदमुकाम गौरमा जिल्लाको विपद् व्यवस्थापन समितिको बसेको बैठकले विपद् व्यवस्थापन कोषमा हाल मौज्जदात रहेको १७ करोड रुपैया मध्येबाट कोभिड—१९ रोकथाम, नियन्त्रण तथा समग्र व्यवस्थापनमा खर्च गर्ने अनुमतिका लागि गृह मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्लास्तरीय कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकबाट प्रत्येक स्थानीय तहले कम्तीमा १०० वेड क्षमताको क्वारेन्टिन तत्काल संचालनमा ल्याउने, भारतलगायत विदेशबाट आउने नागरिकलाई सशस्त्र प्रहरी बल नेपालको समन्वयमा सम्बन्धित स्थानीय तहले अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने, गौर अस्पतालमा पिसिआर ल्याव तथा जिल्ला भित्र आइसोलेसन संचालनका लागि प्रत्येक स्थानीय तहले ५र५ लाखको दरले गौर अस्पताल विकास समितिको खातामा रकम उपलब्ध गराउने, कोभिड—१९ को लक्षण देखा परि संकास्पद व्यक्तीको मृत्यु भएमा मृतकको अनिवार्य कोभिड—१९ परीक्षण गरि रिर्पोट प्राप्त भएपछाडि मात्र शव व्यवस्थापन गर्ने जस्ता निर्णयहरु गरिएको छ ।
साथै, पिसिआर ल्याव र आइसोलेसन सेन्टरको व्यवस्थापनका लागि उपसमिति समेत गठन गरिएको छ । गठीत पिसिआर ल्याव व्यवस्थापन उप समितिमा कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा, बौधिमाई नगरपालिकाका नगर प्रमुख राजिवरंजन यादव, राजदेवी नगरपालिकाका नगर प्रमुख धिरेन्द्र कुमार सिंह, गौर अस्पताल विकास समितिको अध्यक्ष शेख जमसैद, डा.कृष्णा साह रहेका छन् ।
त्यस्तै, आइसोलेसन सेन्टरको व्यवस्थापन उपसमितिमा देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल, दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साह, वृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादव, गौर अस्पतालका डा.कृष्णा साह, जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मुकेश कुमार चौरसिया रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन शाखा प्रमुख रामनरेश साहले जानकारी गराए ।
आजकै बैठकले, जिल्लामा कृषकहरुको माग अनुसार मलखाद आपूर्ति गर्न सम्बन्धित निकायहरुमा अनुरोध गर्ने र लालबकैया तथा बागमती नदी नियन्त्रण आयोजनाको कार्यालय रौतहटको गौरमा स्थानान्तरण गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने समेत निर्णय गरिएको प्रमुख साहले बताए ।
हाल सम्म रौतहटमा १४ सय ३५ जना कोरोनाबाट संक्रमित जस मध्ये ३ जनाको समेत मृत्यू भई सकेको र हाल ९१ जना संक्रमितले आईसुलेसन तथा घरमै आईसुलेट भई उपचार गराई रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी गराए ।
राैतहटमा पिसिआर ल्याव व्यवस्थापन उप समिति गठन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।