एजेन्सी ।। विश्व स्वास्थ्य संगठनक(डब्लुएचओ)का अनुसार विश्वभर १ करोड ८७ लाख १६१ जना व्यक्ति कोरोना संक्रमित रहेका छन् । डब्लुएचओका अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ४ हजार ४ सय ३८ पुगेको छ ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड १९ लाख २६ हजार २२४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७८ हजार ४९९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ३३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार सबैभन्दा बढी प्रभावित भएको देश अमेरिकामा ४७ लाख ७१ हजार भन्दा धेरै संक्रमित भएकोमा एक लाख ५६ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।
यस्तै दक्षिण अमेरिकी देश ब्राजिलमा २८ लाख एक हजार भन्दा बढी संक्रमित मध्ये ९५ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।
संक्रमितको संख्यामा तेस्रो स्थानमा रहेको भारतमा अहिलेसम्म १९ लाख ८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३९ हजार ७ सय ९५ जनाको ज्यान गएको छ ।
विश्वभर कोरोना संक्रमित संख्या १ करोड ८७ लाख भन्दा बढी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।