काठमाडाैं ।। आज दिनभर पानी पर्ने खासै सम्भावना नरहे पनि साँझदेखि भने फेरि वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर अपराह्नदेखि नेपालमा पर्ने भएकाले रातिदेखि वर्षा हुने क्रम अलि बढ्ने सम्भावना देखिएको हो । आज रातिदेखि भोलिसम्म वर्षाको मात्रा अलि बढ्ने सम्भावना देखिएको छ । अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा समान्यता मौसम सफा छ । यो क्रम दिउँसोसम्म जारी रहने तर अपराह्नपछि बदली भई प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यसैगरी राति पनि प्रदेश ५, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । साथै प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत समभवना रहेको महााशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
साँझदेखि भने फेरि वर्षा हुने सम्भावना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।