रौतहट ।। सम्बन्धित निकायको उदासिन्ता एवं चरम हेलचक्रयाइको कारण वागमती नदीले १२ नम्वर स्परको विच भागमा ५० मिटर सम्म कटान गरेर ठूलो क्षति पुर्याइसकेका छन् ।
उच्च पहाडी, चुरे क्षेत्र सहित तराईमा निरन्तर रुपमा भईरहेको बर्षाबाट वागमती नदीले धार परिवर्तन गरेर बाँध छेउ भएर वगिरहदा बाँध र पानीको धारलाई अन्यत्र परिवर्तन गर्न बनाइएको स्पर (स्टर्ड) लाई निकै ठूलो क्षति पुर्याइरहदा पनि सम्बन्धित निकाय जिम्मेवार नरहेको आरोप स्थानीय बासिन्दाहरुले लगाएका हुन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर १ गंगापिपार र ३ मत्सरी नजिक रहेको वागमती नदीको धार बाँध छेउमा आएर कटान कार्य गरिरहेको छ । नदीले बाँधको वेड सतह सहित ५० मिटर बाँध काटिसकेको छ भने बाँधलाई सुरक्षित राख्नका लागि बनाइएको १२ नम्वर स्परको विच भागमा पनि ५० मिटर भन्दा बढी कटान गरिसकेको र यस्तै अवस्था रहयो भने बाँध र स्पर पूर्ण रुपमा कटान हुने निश्चित रहेको स्थानीयहरुले बताए ।
बाँध र स्परलाई बचाउन युद्धस्तरमा नियन्त्रणको प्रयास गर्नुपर्ने अवस्थामा नदी नियन्त्रण कार्यालयबाट समान्य रुपमा बालुवा बोरा जालीको काम भईरहेको छ । बाँध भत्कियो भने दुर्गा भगवतीको वडा नम्वर १, ३ र ४ सहित अन्य पालिकाको बासिन्दाहरु प्रत्यक्ष रुपमा प्रभावित हुने भएको हुँदा जिम्मेवार भएर सम्बन्धित निकायहरु नियन्त्रणको प्रयासमा जुट्नुपर्ने देखिन्छ ।
नदी नियन्त्रणको कार्यालय, स्थानीय तह, निर्वाचित जनप्रतिनिधिहरु, स्थानीय प्रशासन जिम्मेवार नभएको हुँदा बाँध एवं स्पर कटानको चपेटामा परेर ठूलो आर्थिक नोक्सानी भएकोमा दुख व्यक्त गर्दै मत्सरीका सचेत नागरिक एवं जिल्ला समन्वय समितिका सदस्य अशोककुमार झाले झिनामसिना कुराहरु छाडेर धेरै बर्ष अघि निर्माण भएको बाँध र स्परलाई जोगाउन युद्धस्तरमा लाग्नुपर्ने आग्रह गरे । अहिले त स्थानीय सरकारबाट पनि आफनो पालिका भित्र रहेका सरकारी भौतिक सम्पदाको संरक्षण गर्नुपर्ने जिकिर गरे ।
वागमती नदीले गरिरहेको क्षति सम्बन्ध वागमती लाल बकैया नदी नियन्त्रण कार्यालयको पटक पटक ध्यानाकर्षण गराउदा समेत कुनै सुनवाई नगरको गुनासो गर्दै उनले नदी छन् रौतहटमा कार्यालय वाराको परिवानीपुरमा हुनु निकै हास्यापद रहेको भने । वगमती र लाल बकैया नदी रौतहटमा रहेको हुँदा कार्यालयपनि रौतहटको कुनैपनि स्थानमा अविलम्ब स्थापना हुनुपर्नेमा जोड दिदै नदी नियन्त्रणका प्रमुख वागमतीको स्थलगत रुपमा निरीक्षण गरेर नियन्त्रणको प्रयासमा जुट्न आग्रह गरे ।
लापरवाहीले पिपरामा वागमती नदीको बाँध र स्पर कटान
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।