काठमाडौं ।। भारतमा पछिल्लो २४ घण्टामा थप ५२ हजार १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १५ लाख ८३ हजार ७ सय ९२ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण ७ सय ७५ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणका मृत्यु हुनेको संख्या ३४ हजार ९ सय ६८ पुगेको छ ।
मन्त्रालयका अनुसार भारतमा जम्माको कोरोना संक्रमित मध्ये ५ लाख २८ हजार २ सय ४२ जना उपचाररत अवस्थामा रहेको छ । भने १० लाख २० हजार ५ सय ८२ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।