लहान ।। केही देशमा वेश्यावृत्ति वैध छ र वैधानिक रुपमै यौन धन्दा संचालन गर्ने वेश्यालय खुलेका हुन्छन् । तर नेपाल मा वेश्यावृत्ति अवैध भएता पनि विभिन्न होटेल तथा लज को नाममा वेश्यावृत्ति तथा यौन धन्दा संचालन गरेका छन। यस्ता संचालन होटेल तथा लज लाई न त कोरोना देखि डर न त समाज देखि । सिरहाको गोलबजार न.पा. स्थित रहेका होटेल तथा लाज जहाँ ती होटेल तथा लज मा खुलेयाम यौन धन्दा को ब्यापार भइरहेको छ। तर पनि त्यहाका स्थानीय प्रहरी , व्यापार समिति तथा स्थानीय सरकार मुक दर्शक भएर बसेका छन। पुर्व पश्चिम राजमार्ग मेन चौक को उतरमा रहेको बिकास लज र ५०० मिटर दक्षिण मस्जिद को छेउ मा रहेको मनोज होटेल एन्ड लज भनेर खोलिएको होटेलहरुमा आधी दर्जन भन्दा बढी केटि राखी हरेक दिन यौनजन्य गतिविधि तथा यौनब्यापार भइरहेपनी सम्बन्धित निकाय ले नियन्त्रण गर्न नसकेको स्थानियबासीहरुले बताएका छ्न। पछिलो दिनमा स्थानियहरुको अनुरोधमा सो होटेल मा केही संचार कर्मी ले अनुगमन गरेको थियो ,अनुगमन गर्दा होटेल मा केही यौन अपराधिक गतिविधि गर्ने व्यक्ति भए पनि प्रहरी ले पहिला नै होटेल संचालक लाई फोन गरेर यौनकर्मी हरु लाई सो ठाउँ बाट भगाउन लगाएको थियो र स्थानीय को नजर मा चेक गरेको अभिनय देखाएको थियो , होटेल संचालकले स्थानीय को नजरमा २(४ दिन बन्द गरे ।पुनः यी दुई होटेल ले संचालनको निरन्तरता दिएता पनि नियन्त्रण हुन सकेको छैन। स्थानियहरुको अनुसार दिनभरी होटेलहरुको गतिविधि त्यहाँ संचालित मनोज होटेल एन्ड लज र विकाश लज हरु त्यहि धन्दाका आधारमा टिकेका छन् । करोना महामारी को बेला ति होटेल तथा लाज हरुमा बाहिर बाहिरका दैनिक यौनकर्मीको आबगमन तथा ग्राहक हरुको भिडभाड को कारण ले रोग संक्रमण हुन सक्ने सम्भावना भएका ले स्थानीयहरु आक्रोशित बनेका छन् । यी होटल एण्ड लाज मा संचालकहरुले ग्राहकसँग १ हजार देखि १५ सयसम्म लिने र आफूलाई ४ सय देखि ५ सय रुपैयाँ दिने गरेको यौन कर्मीहरु बताउछन्। यी ठाउँ मा सामान्य मजदूर, रिक्साचालक , प्रहरी व्यापारी, कर्मचारी र राजनीतिज्ञहरु समेत ग्राहक को रूपमा आउने गरेको जोडिने गरेको कतिपयले चर्चा गर्ने गरेका छन् । स्थानियहरुले यस बिषयमा पटक पटक प्रहरी लाई जानकारी दिदा पनि प्रहरी ले यस प्रती वास्ता नगरे स्थानीय ले बताएका छन् । यसरी खुल्ला रुपमा यस्ता अनैतिक गतिविधि भइरहदा पनि प्रहरी प्रसाशन , ब्यापार संघ मौनहुनुको अर्थ प्रहरी प्रशाशनको मिलोमतोमा भइ रहेको स्थानिय सर्वसाधारणहरुको बुझाई रहेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here