काठमाडौं ।। नेपालमा शनिबार पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोारोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । भेने मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
मृत्यु हुेनेमा बाराको परवानीपुरकी ८ कि एक १७ वर्षीया किशोरीको कोरोनाका कारण शुक्रबार बेलुका निधन भएको स्वास्थ्य मन्त्रालयक प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार ती किशोरीको शुक्रबार बेलुका गण्डक कोभिड अस्पतालमा निधान भएको हो।
गत बुधबार वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि गएकी उनको आरडीटी परीक्षण गर्दा पोजिटिभ आएपछि उनलाई बिहीबार अस्थायी कोभिड अस्पतालमा रिफर गरिएको थियो।
प्रवक्ता गौतमका अनुसार उनको ८ गते स्वाब संकलन गरिएको थियो भने ९ गते कोरोना पुष्टि भएको थियो।
ती किशोरीको शरीरमा अक्सिजनको मात्रा कम भएको, पखाला लाग्ने, जीउ कम्ने र स्वासप्रस्वासमा समस्या देखिएको उनले जानकारी दिए।
देशका विभिन्न अस्पतालबाट पछिल्लो २४ घण्टामा थप १०६ जना संक्रमित निको भएर घर फर्केका छन् ।यो सँगै निको हुनेको संख्या १३ हजार ५३ पुगेको मन्त्रालयले जनाउका्े छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here