काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६७ संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप दुई सय १३ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै बिहीबारसम्म ११ हजार दुई सय ४९ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोनाबाट निधन हुनेको संख्या ३९ जना पुगेको छ ।
७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।