काठमाडाैं ।। जुनसुकै बैँकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था आजबाट हट्ने भएको छ । अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैँकले नै गर्न पाउने भएका छन् । कोरोना सङ्क्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैँकर्स सङ्घसहित डेभलपमेन्ट बैँकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था सङ्घले एटीएम कार्ड जुनसुकै बैँकको एटीममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए । अब लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले आजबाट शुल्कबारे बैँकले नै निर्णय गर्न सक्ने तीनवटै संस्थाले एक विज्ञप्ति जारी गरेर जानकारी गराएका छन् । इन्टरनेट बैँकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ । ग्राहकको भीड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै लकडाउनपछि बैँकहरूले अन्तर बैँक एटीएम सेवा लिँदा शुल्क लिएका थिएनन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here