संकेतिक तस्विर

रौतहट ।। कोरोना भाइरस(कोभिड–१९)का कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटका परोहा नगरपालिका–७ का २६ वर्षका पुरुषको मृत्यु भएको छ । ती युवकका दाजुको कोभिड–१९ का कारण भारतमा निधन भएको थियो । युवकसहित परिवारका सदस्यहरु हालै भारतमा दाजुको अन्त्येष्टिमा सहभागी भएर असार २४ नेपाल फर्किएका थिए ।
असार २४ गते फर्किएका ती युवक रौतहटको परोहा क्वारेन्टिनमा बसेका थिए । ती युवकलाई रुघा,खोकी ज्वारो तथा श्वाशपर श्वाश समस्या आएपछि उनलाई नरायणी अस्पताल वरिगञ्ज आइसियुमा भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरेर परीक्षणका लागि हेटौंडास्थित प्रयोगशालामा पठाइएको थियो । उनमा बुधबार नै कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थयमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेका क्रममा करिब २ः३० बजे मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृतयु हुनेको संख्या ३९ पुगेको मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here