।। नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या हरेक दिन बढीरहेको छ । सङ्क्रमितको संख्याभन्दा मुक्त हुनेको संख्या हरेक दिन दोब्बरले बढेको देखिन्छ । हिजोसम्म सङ्क्रमणमुक्त हुनेको संख्या १० हजार २९४ रहेकाे थियाे । नेपालमा कोरोना सङ्क्रमितको संख्या १६ हजार नौ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्ममा पाँच जिल्ला कोरोनामुक्त भएका छन् । धनकुटा, भोजपुर, हुम्ला, मुस्ताङ र मनाङ कोरोनामुक्त भएका हुन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।