एजेन्सी ।। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड २३ लाख भन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख २२ हजार ७ सय ४७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने, ५ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ।
विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ५६ हजार ५ सय ८५ पुगेको छ भने १ करोड २३ लाख ७८ हजार ७ सय ७६ जना संत्र,मित छन्।
संक्रमण पुष्टि भएकामध्ये ७१ लाख ८२ हजार ३ सय ९४ जना निको भएका छन् भने ५८ हजार ४ सय ५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मूलुक अमेरिकामा एक दिनमा ९ सय ४६ जनाको मृत्यु भएको छ भने ६१ हजार ६३ जना नयाँ संक्रमित थपिएका छन्।
योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार ८ सय ८ पुगेको छ भने ३२ लाख १९ हजार ९ सय ९५ जना संक्रमित छन्।
अमेरिकामा देखिएका भाइरसका संक्रमितमध्ये १५ हजार ६ सय ४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १४ लाख २६ हजार ४ सय २८ जना निको भएका छन्।
कोरोना भाइरसको मृत्युदर दिनप्रतिदिन बढ्दै गइरहेको ब्राजिलमा एकदिनमा १ हजार १ सय ९९ जनाको ज्यान गएको छ भने ४२ हजार ९ सय ७ जना नयाँ संक्रमित थपिएका छन्।
पछिल्लो दुइ सातादेख अमेरिकाभन्दा ब्राजिलमा मृतकको संख्या बढिरहेको छ भने संक्रमितको संख्या अमेरिकामा बढी रहेको छ।
ब्राजिलमा कोरोना भाइरसबाट शुक्रबारसम्म ६९ हजार २ सय ५४ जनाको ज्यान गएको छ भने १७ लाख ५९ हजार १ सय ३ जनामा संक्रमण रहेको पुष्टि भएको छ।
संक्रमण देखिएकाहरुमध्ये ११ लाख ५२ हजार ४ सय ६७ जना निको भएका छन् भने ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ।
कोरोना भाइरस प्रभावित मुलुकको तेस्रो नम्बरमा रहेको भारतमा बितेको चौबिस घण्टामा ४ सय ७९ जनाको मृत्यु भएको छ भने २५ हजार ७ सय ९० जना नयाँ संक्रमित थपिएका छन्।
भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ हजार ६ सय २३ पुगेको छ भने ७ लाख ९४ हजार ८ सय ४२ जनामा संक्रमण देखिएको छ।
भारतमा रहेका संक्रमितमध्ये ४ लाख ९५ हजार ९ सय ६० जना जना निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब रहेको छ।
नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ रहेको छ ।
विश्वभर १ करोड २३ लाखभन्दा बढी कोरोना संक्रमित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।