काठमाडौं ।। जुनोटिक रोग अर्थात जनावरबाट मानिसमा सर्ने रोग झन झन बढ्दै गएको सयुक्त राष्ट्रसङ्घका विज्ञहरूले चेतावनी दिएका छन । कोभिड १९ जस्तो रोगको उदय हुनुमा उनीहरूले मानिसमाझ रहेको जनावरको मासुप्रतिको बढ्दो माग, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको उनीहरूले बताएका छन । राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले मानव, जनावर तथा वातावरणीय स्वास्थ्यबीच तादात्म्य हुनुपर्ने बताएको छ । वीवीसीका अनुसार रोग आफैँ जनावरबाट मानिसमा सर्दैनन्। जनावरको मासुको माग, बदलिँदो कृषि अभ्यास तथा जलवायु परिवर्तन यिनका कारक भएको एउटा प्रतिवेदनले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here