काठमाडाैं ।। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । आजको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जनका विषयमा छलफल हुनेछ । हिजो नेकपाको विवाद र सत्ता परिवर्तनको खेलमा काँग्रेस लाग्ने कि नलाग्ने भन्ने विषयमा बैठकमा बढी छलफल भएको थियो । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालयमा हिजोदेखि सुरु केन्द्रीय समिती बैठकमा महाधिवेशनको कार्यतालिकाबारेमा छलफलको हुने महामन्त्री पूर्णबहादुर खड्काले दिनुभयो । आगामी फागुनमा केन्द्रीय महाधिवेशन गर्ने पुरानो कार्यतालिका यथावत राखी गाउँदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिका परिमार्जन गरिने प्रस्तावमा छलफल भइरहेको छ । बैटक आज दिउँसो २ बजेपछि पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।