काठमाडाैं ।। प्रधानमन्त्री केपी ओलीका तर्फबाट नेता वामदेव गौतमलाई ‘नयाँ पार्टी’ को अध्यक्ष बन्न प्रस्ताव गएको छ । नेकपा विभाजनसम्मको आशङ्का भइरहेका बेला निकट नेताहरूको तर्फबाट पार्टी विभाजन भएको अवस्थामा ‘नेकपा एमाले’ को नेतृत्व गर्न भनिएको स्रोतले जनाएको छ । गएराति मध्यरातसम्म करिब सात घन्टा उपाध्यक्ष वामदेव गौतमसँग उहाँकै निवास भैँसेपाटीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसहितको बैठक भएको थियो । जनताको बहुदलीय जनवादको नेतृत्व गर्ने गरि भावी अध्यक्ष बन्न प्रस्ताव आएको नेता गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुलाई जानकारी गराउनु भएको थियो । गौतमले धेरैपटक धोका पाएकाले यसपटक गल्ती नगर्ने बताउनुभएको स्रोतको भनाइ छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।