कास्की ।। गण्डकी प्रदेशमा थप १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा भएको पिसिआर परीक्षणमा कास्कीमा ८ जना, तनहुँमा ५ जना, लमजुङमा ३ जना र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको हो । जसमध्य ११ जना पुरुष र ६ जना महिला भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा ९ सय ६६ जनामा कोरोना संक्रमण पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा निको हुनेको संख्या २ सय १४ पुगेको छ भने २ जनाको मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here