एजेन्सी ।। बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगाामा अवस्थित एक नदिमा डुङ्गा दुर्घटना भएको छ । डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तीको मृतयु भएको छ । यस दुर्घटनामा २ दर्जनभन्दा बढी व्यक्ती बेपत्ता रहेको अधिकारीहरुले जनाएका छन् ।
यस डुङ्गामा ५० व्यक्ती सवार रहेको थियो । २३ जनाको शव फेला परेका अधिकारीहरुले जनाएका छन् ।
सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य बाँकी बेपत्ता रहेका व्यक्तीहरुको खोजी भईरहेको अधिकारीहरुको भनाई रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।