काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने खेल सुरु भए पनि त्यो असम्भव भएको दाबी गर्नुभएको छ । मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन बिभिन्न होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गर्नुभएको हो । भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि आफूविरुद्ध षड्यन्त्र भएको उहाँको दाबी छ । उहाँले आजका लागि नभई भोलिका लागि पनि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने बताउनुभयो । ओलीले नक्सा छापे बापत कसैले प्रधानमन्त्रीलाई हटाउँछु भनेर सोचेको भए पनि नेपालको राष्ट्रियता कमजोर नभएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभए पनि अहिले हटिँदिदा आगामी दिनमा नेपालको पक्षमा बोल्दा अर्को प्रधानमन्त्री हट्नुपर्ने अवस्था आउने बताउनुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा र संसदीय दल पनि कसैको बहकावमा नकुद्ने स्पष्ट पार्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here