काठमाडाैं ।। आज अन्तर्राष्ट्रिय एकल महिला दिवस । कोरोना भाइरसको संक्रमणका कारण कुनै कार्यक्रम पनि राखिएका छैनन । संयुक्त राष्ट्रसंघको महासभाले सन २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन २०११ देखि यो दिवस मनाउन थालिएको हो । लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरिबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध बिच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनी उल्लेख गरेको छ । नेपालको संविधानले पनि त्यसै अनुसार ब्याख्या गरेको छ । संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर झण्डै २४ करोड ५० लाख एकल महिला र उनीहरुका ५० करोड बालबालिका विभिन्न समस्यामा छन । नेपालको जनगणना २०६८ अनुसार नेपालमा एकल महिलाको संख्या ६ लाख छ । मानव अधिकारको सम्मान, सुरक्षा र समतामुलक समाजका लागि एकल महिलाका क्षेत्रमा क्रियाशील संघसंस्थाले जोड दिंदै आएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here