एजेन्सी ।। होन्डुरसका राष्ट्रपति जुआन ओर्लान्डो हर्नानडेचलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्टपति हर्नानडेज आफै यसबारे जानकरी दिएका हुन ।
टेलिभिजन सम्बोधन गर्दै हर्नानडेचले भनेु,ु राष्ट्रपतिका रुपमा र जिम्मेवार नागरिकको हैसियतले म यो जानकारी दिन चाहन्छु कि केहीदिन अघि मेरो स्वास्थ्यमा समस्या देखिन थालेको थियो। परीक्षण गराउँदा ममा कोरोना पोजेटिभ देखिएको छ।ु
संक्रमण पुष्टि भएसँगै हर्नानडेच हाल आराम गरिरहेका छन्। चिकित्सकको सल्लाह बमोजिम आफ्ना सहयोगीहरुसँग भौतिक दूरी बनाउँदै काम गरिरहेका छन्।
होन्डुसरमा हालसम्म ९ हजार ६ सय भन्दा बढी कोरोना संक्रमित पहिचान भएका छन्। यस्तै, ३सय ३० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।