बागलुङ । बागलुङको निसीखोलामा १२ दिनदेखि क्वारेन्टाईनमा रहेकी एक महिलाले क्वारेन्टाईनमै बच्चा जन्माएकी छिन् । भारतदेखि १२ दिन पहिले गाउँ फर्किएकी निसीखोला गाउँपालिका ५ कि २१ वर्षिय रैमती बिकले निसीखोला ५ स्थित ज्ञानेन्द्र माविको क्वारेन्टाइनमा बच्चा जन्माउनुभएकोे हो । सुत्केरी व्यथा लागेको थाहा पायसँगै स्वास्थ्यकमीृको टोली क्वारेन्टाईनस्थलमा आइपुग्दा बच्चा जन्मिएपछि दुईजना स्वास्थ्यकर्मिले क्वारेन्टाईनभित्रै डेलीभरीमा सहयोग गरेका हुन् । हाल सुत्केरी र बच्चाको अवस्था सामान्य छ । उहाँको गत जेठ २९ गतेमात्रै पिसीआर परिक्षण गरिए पनी हालसम्म रिर्पाट आएको छैन् । रिपोर्ट नआएका कारण डेलीभरी गराउन सहयोग गर्ने दुईजना स्वास्थ्य कर्मिलाई समेत क्वारेन्टाईनमा बस्न भनिएको स्वास्थ्य संयोजक टोपबहादुर चन्दले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here