काठमाडौं ।। बलिउड अभिनेत्री तापसी पन्नू वर्षकै सफल अभिनेत्री बन्नेकि छिन् । दक्षिण भारतीय फिल्मबाट आफ्नो करियरको सुरु गरेकी तापसीले बलिउडमा पनि राम्रो नाम कमाउन सफल भएकी छिन् । तापसीले तेलुगु, तमिल, मलयालम र हिन्दी चलचित्रमा काम गरेकी छिन्। तापसी पन्नु बलिउडमा सन् २०१९ मा सबैभन्दा बढी कमाउने अभिनेत्री बनेकी छन्। उनका पछिल्ला फिल्महरुले पनि दर्शकको मन जितिरहेका छन् ।
हरेक फिल्ममा फरक भुमिकामा देखिने तापसीको अभिनय दर्शकले धेरै नै रुचाउने गर्छन् । केही समयअघिको उनको फिल्म थप्पडले पनि निकै चर्चा पाएको थियो । उनको गएको बर्षका ५ फिल्म सफल भएका थिए । यससँगै उनी बक्सअफिसमा सफल अभिनेत्रीमा गनिएकी छिन् ।
भारतिय मिडियाका अनुसार एक रिपोर्टमा बताए अनुसार उनका ५ फिल्मले ३५ करोड कमाउन सफल भएका छन् । मिसन मङ्गलु, गेम ओभरु, बदलाु, साँडकी आँखु लगायत ‘थप्पड’ ले पनि दर्शकको मन जित्न मात्र सफल भएन राम्रो कमाई पनि गर्यो ।
फिल्महरुले राम्रो कमाइ गर्दा बक्स अफिसमा सफल अभिनेत्रीको उपाधि पाएपछि उनी निकै खुशी भएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेकी छिन् । तापसीले आफ्ना फिल्मले धेरै कमाएकोमा खुशी जनाएकी छन। उनले ट्वीट गर्दै सबै दर्शृकलाई धन्यवाद दिएकी छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here