File Photo

काठमान्डु ।। कोरोना महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने काम आजबाट सुरु भएको छ । आज पहिलो दिन म्यानमारमा अलपत्र २६ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । तर विदेशमा अलपत्र परेका नेपालीलाई भने क्रमैसँग फर्काउने निर्णय सरकारले गरेको हो । यसैक्रममा म्यानमारमा अलपत्र २६ जना नेपाली आज स्वदेश फर्किएका हुन् । आज बिहान उनीहरुलाई म्यानमारबाट म्यानमार एयर फोर्सको विमानले काठमाडौंसम्म ल्याइदिएको हो ।

म्यानमारबाट फर्किएकामध्ये बागमती प्रदेशका १७ जना, गण्डकी र प्रदेश एकका ४/४ जना र प्रदेश ५ का एक जना रहेका छन् । उनीहरुलाई बसुन्धरास्थित यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टर अर्थात् अस्थायी आराम केन्द्रमा राखिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

विमानस्थलमा उनीहरुको स्वास्थ्य जाँच गरेर सेनाले अस्थायी आराम केन्द्रसम्म गाडीमा ल्याएको थियो । विमानमा काठमाडौंमा अलपत्र परेका म्यानमारका ५३ जना नागरिकलाई फिर्ता लगिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here