सागर संगम, गरुडा ।। रौतहटमा लागु औषध सहित चार जना पक्राउ परेका छन । जिल्लका देवाही गोनाही नगरपालिका स्थित गोनाही बजारबाट चालिस हजार मुल्य बराबरको लागु औषध गाजा सहित चारै जनालाई पक्राउ गरिएको छ। ईलका प्रहरी कार्यलय देवाही गोनाहीबाट खटिएको प्रहरी निरिक्षक मेदनी साहको कमाण्डकोे टोलीले उनिहरुलाई पक्राउ गरिएको छ। लकडाउनको मौकाछोपी तस्करहरुले आज बिहानी करिब ३ बजेको समयमा लागुऔषध ओसार पोसार गरिरहेको सुचना पहिला देखीनै आईरहेको अधारमा उनिहरुलाई पक्राउ गरिएको छ। मैलापुरबाट जयनगर तर्फ जादै गरेको बा ६४ प ९३०७ र ना ४५ प ६३९८ नम्बरको २२० सिसिको मोटरसाईकल सहित चारैजनालाई संका लागे पछी चेकजाच गर्दा चार वटा झोलामा चार पिस अन्दाजी बिस किलो लागु औषध सहित मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा न. १२ पदमपोखरी बस्ने अन्दाजी १८ वर्षका सागर लामा र सोही ठाउ बस्ने अन्दाजी १८ वर्षका अंकित लामा र हेटौडा उपमहानगरपालिका कैलाश गाउपालिका वडा न. ९ कमलटार बस्ने अन्दाजी २८ वर्षका बिलाश लामा र वडा न. ११ बस्ने भर्यड़का अन्दाजी वर्ष २७ का निरज लामा रहेका प्रहरीले बताएका छन। पक्राउ परेका ४ जनाको बारेमा थप अनुसन्धान भईरहेको ईलका प्रहरी कार्यलय देवाही गोनाहीका प्रहरी निरिक्षक साहले बताउनु भयो।





