राैतहट । जेठ १३ ।घरेलु लघुवित्त वित्तीय संस्थाकाे रौतहटस्थित लौकाहा शाखाले कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न परोहा नगरपालिकालाई आर्थिक सहयोग गरेकाे छ । उक्त शाखाले स्थानीय निकायकाे कोरोना भाइरस (काेभिड-१९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० हजार रुपैयाँको आर्थिक सहयोग गरेकाे हाे ।
घरेलु लघुवित्तको लौकाहा शाखाका शाखा प्रबन्धक रुपेश कुमार झाले परोहा नगरपालिकाको मेयर शेख वकिलले उक्त चेक हस्तान्तरण गरेका हुन् ।
यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखा परेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।