File Photo

गाैर।। नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचाररत चारजना कोरोना संक्रमित निको भएर आज घर जाँदैछन् ।

छपकैयाँस्थित मस्जिदमा भेटिएका तीन भारतीय नागरिक र रौतहटका एकजना युवक उपचारपछि निको भएका हुन् । उनीहरुको काठमाण्डौमा गरिएको चौथो कोरोना परीक्षणको नतिजामा कोरोना नभएको पाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले सीआईएनसँग बताउनुभयो ।

यसअघि तेस्रो जाँचमा पनि उनीहरूमा कोरोना नभएको पुष्टि भएको थियो । दुई पटकको परीक्षण रिपोर्ट अनुसार चारैजनामा कोरोना संक्रमण नभएको पाईएपछि उनीहरुलाई आज घर फर्काउने तयारी गरिएको हो । योसँगै कोरोनाको उपचारपछि निको भएर घर फर्कनेको संख्या १६ पुग्नेछ ।

सर्लाही धनकौलका १४ वर्षका किशोरको पहिलो अनुगमन जाँचको रिपोर्टमा भने कोरोना देखिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here