रौतहट ।। रौतहट सशस्त्र प्रहरीले दुई थान बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार रौतहटको यमुना माई गाँउपालिका–३ राजपुर तुलसीबाट स्थानीय ४९ वर्षीय शेष बैतुल्लालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर रायमाझीको कमाण्डमा खटिएको टोलीले उनलाई चेक गर्दा उनीबाट दुई थान बन्दुक भेटिएको सशस्त्र प्रहरी बल नेपाली ११ गण हे क्वा रौटहटका गणपति सशस्त्र एसपी रविनराज कर्णजीतले जानकारी दिएका छन् ।
पक्राउ परेका शेषको साथबाट चाइनिज पेस्तोल एउटा, एउटा म्याग्जिन र गोली २ वटा, कटुवा पेस्तोल एउटा, र भारतीय रुपैयाँ, एक साउदी रियाल, नेपाली नागरिकता, सवार अनुमति पत्र र ब्लूबुक उनको साथबाट पाइएको एसपी कर्णजीतले जानकारी दिएका छन् ।
।उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












