काभ्रे ।। कोरोना संक्रमणको उच्च जोखिममा रहेको नेपालमा उक्त रोग फैलन नदिन जिल्लामा उच्च सर्तकता अपाउने निर्णय भएको छ । जिल्ला विपत् व्यवस्थापन समिति काभ्रेले मानिसको जमघट हुने सभा, सम्मेलन नगर्न अनुरोध गरेको छ । समितिको मंगलबार बसेको आकस्मिक बैठकले सभा, सम्मेलन, महोत्सव जस्ता जमघट हुने कार्यक्रमहरू तत्कालका लागि स्थगन गर्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो । ‘विवाह, व्रतबन्ध, सुर्यदर्शन जस्ता धार्मिक, साँस्कृतिक कृयापकलाप समेत कम भन्दा कम सहभागितामा गर्न अनुरोध गरेको छ’–प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले भन्नुभयो–‘होली पर्वमा समुह बनाइ लोला तथा रंग मिसिएको पानी प्रयोग नगर्न पनि अनुरोध गरिएको छ ।’ जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध अनुसार कोभिड १९ अर्थात् कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै उक्त रोग सर्न नदिन र रोगबाट बच्न हाललाई भिडभाड हुने सभा सम्मेलन, महोत्सवका साथै बनेपा नगरपालिकामा आयोजना हुन लागेको घरेलु महोत्सवलाई स्थगन गर्ने निर्णय भएको बताउनुभयो ।
बनेपामा हुन लागेको घरेलु महोत्सव स्थगित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।