धनकुटा ।। जापान सरकारले जिल्ला अस्पताल धनकुटामा आकस्मिक उपचार सेवाका लागि अत्यावश्यक अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराएको छ । आकस्मिक कक्ष, सल्यक्रिया र अन्तरंग विभागमा सोझै अक्सिजन पु¥याउन सकिने ‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडान गरिएको हो । जापानी राजदुत मासामिची साइगोले एक कार्यक्रमका विच हिजो उक्त प्रविधि हस्तान्तरण गर्नुभयो । जापान सरकारको ग्रासरुट ह्यूमेन सेक्यूरिटी प्रोजेक्ट जिजिपी मार्फत् ९९ लाख ६२ हजार १ सय ३८ रुपैयाँ लागतमा उक्त अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडान गरिएको जिल्ला अस्पतालका प्रमुख पुजन विश्वकर्माले जानकारी दिनुभयो । ‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडानका लागि गत बर्ष नै सम्झौता भएको थियो । जिल्ला अस्पतालमै अक्सिजन उत्पादन तथा वितरण प्रणाली जडान भएपछि शल्यक्रिया र जटिल रोगका बिरामीलाई तत्कालै धरान र बिराटनगरका अस्पताल पठाउनु पर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश धनकुटामा आकस्मिक उपचारका लागि अत्यावश्यक अक्सिजन उत्पादन तथा वितरण प्रणाली जडान
धनकुटामा आकस्मिक उपचारका लागि अत्यावश्यक अक्सिजन उत्पादन तथा वितरण प्रणाली जडान
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।