अछाम ।। अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष पदमबहादुर धामीको शव फेला परेको ३ दिन वितिसक्दा पनि पोस्टमार्टम हुन सकेको छैन । धामीको २१ गते बिहान ५ बजे गैरीगाउँ स्थित गोठ छानामा शव फेला परेको थियो । हत्याराको पत्ता नलागेसम्म शव उठाउन नदिने आफन्तको अडानका कारण शवको पोेष्टमार्टम हुन नसकेको हो । अछाम प्रशासन, प्रहरी, स्थानीय तह र स्थानीय अगुवाहरुले शवको पोस्टमार्टमका लागि पहल गरिरहेका छन् । हत्याको विरोधमा मंगलबार बिहानैदेखि विनायकबजार पूर्ण रुपमा बन्द रहेको छ । आफन्तहरुले हत्याराको पत्ता लगाउन प्रहरी प्रशासनले ढिलाई गरेको भन्दै हिजोपनि विनायक बजार बन्द गराएका थिए । प्रहरीले केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो र तालिम प्राप्त कुकुरको सहयोगले घटनाको छानबिन सुरु गरेको छ । कुकुरले मृतक अध्यक्ष दिउँसो हिँडेको बाटो पहिचान गरेपनि हत्या भएको स्थान भने पत्ता लगाउन सकेको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here