एजेनसी ।। बलिउड अभिनेत्री दिशा पटानीको फिल्म ‘मलंग’ अगामी ७ फेब्रुअरीमा रिलिज हुँदैछ । चलचित्रमा अनिल कपुर, आदित्य रोय कपुर, कुणाल खेमू र दिशा पटानी प्रमुख भूमिकामा छन् । फिल्मको ट्रेलर रिलिज भएपछि दिशाको हट लुक र आदित्य राय कपुरको साथमा उनको केमिस्ट्रीको चर्चा चलिरहेको छ। फिल्ममा दिशा नकारात्मक भूमिकामा छिन्। जसको कारण रहेको छ उनी पहिलो पटक भिलेनको चरित्रमा अभिनय गदैछिन् ।दिशाले आफूलाई मनपर्ने र आफूले मान्ने कलाकारसँग काम गर्न पाउँदा खुसी रहेको बताइन् । फिल्ममा उनको अपोजिटमा आदित्य रोय कपुर रहेका छन् । यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।