काठमाडाैं ।। चीनमा देखिएको नयाँ भाइरस देशभित्र र बाहिर फैलिदै गएको छ । अरु देशमा पनि त्यो भाइरस फैलिएको पुष्टि भएको छ । भाइरसबाट चीनमा तीन जनाकोमृत्यु भइसकेको छ । चीनभन्दा बाहिर जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि यो भाइरसबाट संक्रमित भएका व्यक्तिहरुको घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । चीनको हुवान शहरमा मात्र देखिएको यो भाइरसको सङ्क्रमण अरु शहरमा पनि फैलिएको हो । हुवानमा मात्रै अहिले दुई सयभन्दा धेरै बिरामी छन ।निमोनिया गराउने कोरोनोभाइरसको नयाँ प्रजाति मानिसबाट मानिसमा सर्ने चीनले यसअघि नै पुष्टि गरिसकेको छ । चिकित्सकका अनुसार नेपालमा पनि यसको जोखिम रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here