काठमाडाैं ।। बागमती प्रदेशको लोकसेवा आयोगले पनि पूर्णता पाएको छ । सिफारिस समितिले दुई जना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेका सिफारिस समितिले प्रदेश लोकसेवा आयोगका सदस्यमा पूर्वसहसचिव सुदर्शन ढकाल र शिक्षण अस्पताल, महाराजगञ्जमा अध्यापन गराउँदै आउनुभएका डा. शर्मिला न्यौपानेलाई सिफारिस गरेको हो । यसअघि आयोगमा अध्यक्षको मात्र नियुक्त गरी कामकारबाही हुँदै आएको थियो । आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ हुनुहुन्छ । यस्तै प्रदेश नम्बर एक प्रदेश लोकसेवा आयोगका अध्यक्ष र दुई सदस्यको नाम नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगको अध्यक्षमा खोटाङका उत्तमकुमार भट्टराई, सदस्यद्वयमा टीकादत्त राई र सीमा आभाषको नाम सिफारिस गरिएको सिफारिस समितिका सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले जानकारी दिनुभयो । प्रदेश एकको लोकसेवा आयोग गठनसम्बन्धी ऐन २०७६ अनुसार मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता कोइराला रहेको सिफारिस समितिले उनीहरुको नाम सिफारिस गरेको हो ।
बागमती प्रदेशको लोकसेवा आयोगले पनि पायो पूर्णता
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।