बाजुरा ।। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा छाउगोठ भत्काउने अभियान प्रभावकारी बन्दै गएको छ । छाउ भएका बेला महिला छाउगोठमा बस्ने परम्पराले विभिन्न हिंसात्मक क्रियाकलाप बढ्दै जाँदा उनीहरुको सुरक्षाका लागि गाउँपालिकाले छाउगोठ भत्काउने अभियान चलाएको हो । स्वामीकार्तिक खापर गाउँपालिकाले छाउपडि न्यूनिकरण सम्बन्धी मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि २०७५ लागू गरी महिला महिनावारी हँुदा छाउ वार्ने चलनको अत्य गर्न गाउँपालिकाका पाचँवटै वडामा छाउगोठ भत्काउने अभियानलाई जोड दिएको छ । गत पुष २१ गतेबाट सञ्चालन गरिएको अभियानमा सम्बन्धीत वडाका वडा अध्यक्ष, गाउँपालिकाका प्रतिनिधि, नागरिक अगुवा, महिला अधिकार मञ्च र स्वामीकार्तिक ईलाका प्रहरीको संयुक्त टोली अभियानमा सहभागि रहेको प्रहरी सहायक निरीक्षक पदम सिंह साउदले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here