काठमाडाैं ।। संघीय संसदमा दलित समुदायबाट २४ जना जनप्रतिनिधि छन् । दलित समुदायका बारेमा संसदमा आवाज नउठाएको उनीहरूले आरोप खेप्नुपरे पनि सञ्चारमाध्यमले आफूहरूको विचारलाई प्राथमिकता नदिएको गुनासो सांसदले गरेका छन् । सांसद दुर्गा विकले समसामयिक वा दलित समुदायका विषयमा पटक, पटक बोल्ने गरेको र बिभिन्न विधेकमा पटकपटक संसोधन हाल्नुभयो तर उहाँलाई सञ्चारमाध्यमले स्थान नदिएको जस्तो लाग्छ । समाजमा मात्रै होइन, संसदमा पनि दलित समुदायका सांसदले विभेदको महसुस गर्छन् । दैलेखबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद पार्वती बिशंखे संसदका गतिबिधिलाई नागरिकसम्म पु¥याउन सञ्चारमाध्यमले पुलको भूमिका निभाउँदै आएका भए पनि आफूहरूका विचारलाई स्थान नदिएको बताउनुभयो । सांसद मीन विश्वकर्मा भने तथ्यपूर्ण तरिकाले विषय उठान गर्ने हो भने ती विषय सञ्चारमाध्यमका मुख्य समाचार बन्न सक्ने विश्वास गर्नुहुन्छ । अहिले दलित समुदायबाट प्रतिनिधि सभामा १७ जना र राष्ट्रिय सभामा ७ जना प्रतिनिधि छन् ।
सञ्चारमाध्यमले आफूहरूको विचारलाई प्राथमिकता नदिएको दलित सांसदको गुनासो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।