रौतहट ।। आउदो फाल्गुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि मनोयन पत्र दर्ताको कार्य सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचनको लागि देश भरिको १६५ निर्वाचन क्षेत्रमा मनोयन पत्र दर्ता भएको छ । जेंन जी आन्दोलन पछि हुन् लागेका प्रतिनिधि सभाको निर्वाचनको लागि रौतहटमा पुर्व प्रधानमन्त्री देखि पुर्व मन्त्रि राज्यमन्त्रिले आ आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पुर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह संयोजक माधव कुमार नेपाल ,नेपाल सरकारका पुर्व उद्योग मन्त्रि अनिल कुमार झाले नेपाली कांग्रेस पार्टीको तर्फबाट , प्रदेश सरकारका पुर्व कृषि राज्यमन्त्रि योगेन्द्र राय यादवले जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको साझा उम्मेदवारको रुपमा रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचन आयोग नेपालको पुर्व निर्धारित कार्यक्रम अनुसार मनोयन पत्र दर्ता गराएका हुन् ।
नेकपा एमालेका तर्फबाट पुर्व नगर प्रमुख अजय कुमार गुप्ता , राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट राजेश चौधरी , जनमत पार्टीको तर्फबाट देवेन्द्र मिश्र , आम जनता पार्टीबाट त्रिभुवन साह ,जन अधिकार पार्टी बाट संजय यादवले आ आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट डाक्टर मोहमद फिर्दोश आलम , नेकपा एमालेबाट मो महमद अतिउल्लाह , नेपाली कम्युनिस्ट पार्टीबाट पुर्व संसद किरण कुमार साह , जनता समाजबादी पार्टीबाट राम आसिश यादव , राष्ट्रिय स्वतन्त्र पार्टीबाट शेख सगीर , आम जनता पार्टीबाट श्री भगवान पटेलले उम्मेदवारी दर्ता गराएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट राम कृपाल यादव , नेकपा एमालेबाट पुर्व प्रदेश सांसद कुन्दन कुशवाहा , नेपाली कम्युनिस्ट पार्टीबाट समाजसेवी चर्चित महिला पुनम यादव , राष्ट्रिय स्वतन्त्र पार्टीबाट रविन्द्र पटेल धिरज , आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्व मन्त्रि प्रभु साह , जनता समाजवादी पार्टीबाट गोविन्द चौधरी,जनमत पार्टीबाट शेख प्रबेज आलम , नेपाल मजदुर किसान पार्टीबाट रेखा पटेलले उम्मेदवारी दर्ता गराएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका देव प्रसाद तिमिल्सिना , नेकपा एमालेबाट रामजी साह , नेपाली कम्युनिस्ट पार्टीबाट राम कुमार भट्टराई ,आम जनता पार्टीबाट चर्चित संचारकर्मी ऋषि धमला , राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पौडेल लगायतले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दर्ता प्रक्रिया अबेर सम्म चल्ने भएको कारण रौतहटमा दर्ता भएको उम्मेदवारको संख्या अहिले सम्म सार्वजनिक गरिएको छैन । फाल्गुन २१ मा हुने निर्वाचनको लागि रौतहटमा ठुल्ला तथा साना राजनीतिक दलहरुले महिलालाइ प्रत्यक्ष तर्फ हुने निर्वाचनको लागि बढी उम्मेदवार बनाएको देखिएको छैन । मनोयन दर्ताको कार्य शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिएका छन् ।
