काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रन्यायाधीश सुशीला कार्कीलाई आज प्रधानमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नेबारे राष्ट्रपति पौडेलले हिजो दिनभर र मध्यरातसम्मै बिभिन्न राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग छुट्टाछुट्टै छलफल गर्नुभयो ।
उहाँले प्रधानसेनापति अशोकराज सिग्देल, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, काङ्ग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु तथा संविधानविदहरुसँग टेलिफोन संवाद तथा शितल निवासमै भेटेर छलफल गर्नुभएको हो । अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानको विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच राति अबेरसम्म छलफल भएको थियो ।
सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।