रौतहट ।। गौर चन्द्रपुर सहित रौतहट जिल्लाभरी प्रदर्शन जारी रहेका छन् । जेनजीको प्रदर्शनका क्रममा रौतहटका युवा विद्यार्थीहरु सहितका प्रदर्शनकारीहरु गौर र चन्द्रपुर स्थित विभिन्न पार्टीका नेता एवं सरकारी सम्पत्तीमा क्षति पुर्याएका हुन् ।
चन्द्रपुरमा आन्दोलनकारीहरु उग्र बन्दै गएपछि प्रहरीहरुले कार्यालय छाडेपछि आन्दोलनकारीहरुले कब्जामा लिएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रपुरको हिरासतमा रहेका थुनुवा बन्दीहरुलाई समेत मुक्त गराउदै कार्यालयका सामानहरुमा आगो लगाई जलाइदिएका छन् । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गाडि जलाई दिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर घेराउ गरेर जेनजीले प्रदर्शन गर्न थालेपछि प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र अश्रु ग्यास चलाएको छ ।
जेन जी को सपोर्टमा प्रदर्शन उग्र हुँदै गएपछि सरकारी सम्पत्तीमा भईरहेका हानी नोक्सानीलाई मध्य नजर राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा गौर र चन्द्रनिगाहपुरमा कर्फयु लगाइएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी पत्रमा गौरमा १२ बजे देखि र चन्द्रनिगाहपुरमा ११.३० बजेको समय देखि कर्फयु लगाइएको जानकारी गराइएको हो ।