रौतहट ।। रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार प्रहरीले गोली प्रहार गरेको छ। ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले गोली चलाएको हो। प्रदर्शनकारीले प्रहरीको भ्यानमा आगजनी गरेर ध्वस्त बनाइदिएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ हवाई राउण्ड फायर गरेको छ। यसकारण चन्द्रनिगाहपुरको अवस्था अहिले तनावग्रस्त बनेको छ।
हिजो सोमबार प्रदर्शनका क्रममा भएको दमनविरुद्ध मंगलबार जेनजी पुस्ताको विरोध प्रदर्शनमा झडप भएपछि प्रहरीले गोली प्रहार गरेको थियो। प्रदर्शनकारीले यसअघि चन्द्रपुर नगरपालिकाको कार्यालय र गाडीमा तोड्फोड र आगजनी गरेका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।